मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान
मनाङ, जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचभिपी खोप दिइनेछ । उनले भने, “जिल्लाका कूल एक सय नौ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।” मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोप लगाइने छ । यही फागुन १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक थप पढ्नुहोस् ...












