राष्ट्रिय सहमति अपरिहार्य आवश्यकता
अभूतपुर्व विश्वासको मतसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गरिरहनुभएको छ । पुस २६ गते संघीय संसद्को प्रतिनिधिसभाका बैठकमा उपस्थित २७० जना सदस्यमध्ये प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत प्राप्त गर्नु सामान्य विषय पक्कै होइन । संसदका कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले ९८.१८ प्रतिशत मत प्राप्त गर्नुभएको ऐतिहासिक तथ्य हामीसामु छर्लङ्गै छ । खसेको मतलाई हेर्दा प्रधानमन्त्रीले पाएको मत ९९.२६ प्रतिशत हो । प्रतिनिधिसभाको सदस्यको रुपमा प्रत्यक्ष रुपमा बैठकमा उपस्थित हुँदै गर्दा यो विरलै देख्ने दृश्यको म साक्षी थिए । के सत्तापक्ष, के प्रतिपक्षी, सबै एक ठाउँमा उभिएर मुलुकका प्रधानमन्त्रीले झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नु आफैँमा अभूतपूर्व र ऐतिहासिक परिघट्ना हो । प्रधानमन्त्रीले संसदमा पाएको विश्वासको मतले मुलुकको सर्वस्वीकार्य नेतृत्व वर्तमान प्रधानमन्त्री नै हो भन्ने कुरा पुष्टि भइ नै थप पढ्नुहोस् ...




