किताबको पानामा मात्र लेखेर महिला विभेद अन्त्य हुँदैन विचार
महिलाको हक अधिकार स्थापित गर्न र लैङ्गिक विभेद अन्त्य गर्न लामो संघर्ष र बलिदानिपुर्ण ईतिहास बनायर नेपालको संबिधानले महिलाको अधिकार सुनिश्चित गरेको छ। महिलाको अधिकार किताबका पानाहरुमा लेखियपनि व्यवहारमा उत्रिन सकेको छ या छैन भन्ने बिषयमा अन्यौलमा छ। एकातिर देश संघिय गणतन्त्र मा गयपछि महिला राष्ट्रपति हुनुभयो, महिला सभामुख हुनुभयो, महिला प्रधानन्यायाधीश हुनुभयो । महिलाहरु मन्त्री हुनुभयो, सांसद हुनुभयो संविधान र कानुन लेख्न हातमा कलम लियर जानुभयो एउटा गर्विलो ईतिहास निर्माण गरियो नेपालको इतिहासमा । विभिन्न कार्यक्रम र चर्का भाषण गरेर १११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाउदै गर्दा अर्कोतिर बलात्कार पछि हत्या गरिएकि निर्मला बहिनिले न्याय पाउन सकेकि छैनन, यो त एउटा प्रतिनिधिमुलक घटना हो, आज देशमा कयौँ निर्मलाहरु न्यायको लागि तड्पिरहेका छन । सुदुर पश्चिम र सुदुर पुर्वका कतिपय थप पढ्नुहोस् ...