कोरोनाले कृषि क्षेत्रमा पारेको समस्या र समाधानका उपाय
प्राचिन कालदेखि नै नेपालको मुख्य पेसा कृषिलाई मान्दै आएको पाइन्छ । अधिकांश नेपालीहरु आज पनि कृषि पेसामा संलग्न छन् र यसलाई आफ्नो आयआर्जनको मुख्य स्रोत बनाएका छन् । कृषि पेसालाई आयआर्जनको मुख्य स्रोत बनाउँदै गर्दा नेपाली किसानहरुले यससँग सम्बन्धित् विभिन्न समस्याहरु झेल्दै आउनुपरेको पाइन्छ । यिनै समस्याहरुमध्ये उन्नत जातको बिउ र उचित बिउबिजन पर्याप्त मात्रामा साथै समयमा उपलब्ध नहुनु पनि एउटा मुख्य समस्या मानिदै आएको छ । विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) जस्तो भयावह महामारीबाट ग्रसित छ । यस विषम् परिस्थितिमा कृषि क्षेत्र अझै भन्नुपर्दा किसानलाई बिउबिजनको उपलब्धिमा ठुलो समस्या देखिएको छ । कोरोनाको महामारीसँगै नेपालमा लकडाउन भयो । उक्त समयमा नेपाली किसानले आफ्नो मुख्य आन्नबाली मकै, धान आदिको बिउ बजारमा पाउन निकै कठिन परेको यथार्थता हामीसँग छ । एक थप पढ्नुहोस् ...