गंगा दाहालमाथि भइरहेको ‘नांगो आक्रमण’को कारण र वास्तविकता
इतिहासलाई सरसर्ती फर्केर हेर्ने हो भने सामान्यतयाः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएका व्यक्तिहरुमाथि विभिन्न राजनीतिक दल सम्बद्ध व्यक्ति, संगठन वा नेपालका मुलधारका मिडियाबाट हुने गरेका प्रहार कुनै नौलो विषय होइन । प्रचण्डलाई कमजोर बनाएर निहित स्वार्थ पूरा गर्न खोज्नेहरु फेरि प्रधानमन्त्रीका स्वकीय सचिव एवं पुत्री गंगा दाहालमाथी खनिएका छन् । प्रधानमन्त्री प्रचण्डमार्फत् आफ्नो ‘व्यक्तिगत स्वार्थ’ हासिल गर्न असफल भएपछि छटपटिएका सांसद अमरेश कुमार सिंहले बिना तथ्य अनियन्त्रित ढंगले लगाएको ‘कथित आरोप’पछि गंगा दाहालमाथिको आक्रमणले झन् उग्र रुप लिएको छ । नेपालका मुलधारका र वैकल्पिक रुपमा उदाएका मिडियाहरुले समेत ‘पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्रीको सम्प्रेषण गर्नुपर्ने, सम्बन्धित पक्षको भनाईलाई उचित स्थान दिनुपर्ने’ पत्रकार आचारसंहिताको आधारभूत जिम्मेवारीबाट विमुख भएर गंगामाथि एकोहोरो आरोपसहितको समाचार थप पढ्नुहोस् ...