मर्निङ वाकको फाइदा
मर्निङवाक जवानदेखि वयस्क र वृद्ध सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ रहने उपयुक्त व्यायाम हो। शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहनका लागि मर्निङवाक गर्नु आवश्यक हुन्छ। मर्निङवाक गर्ने पनि केही टेक्निक तथा तौर–तरिका हुन्छन्। यसमा ध्यान दिनुपर्छ। नियमित एकै समयमा मर्निङवाक गर्ने बानी बसाल्नु उचित हुन्छ। यसका लागि नियमित एकै समयमा उठ्ने बानी बसाल्नुपर्छ। मोबाइल तथा घडीमा आलाराम लगाउन सकिन्छ। बिहानै दिसा–पिसाब बिहान उठिसकेपछि दिसा–पिसाब गर्नुपर्छ। कतिपय व्यक्तिलाई बिहानै दिसा–पिसाब नआउन सक्छ। बिहानै दिसा–पिसाब आउने बानी नभएका व्यक्तिले उठ्नेबित्तिकै एक गिलास भकभकी उम्लिएर सेलाएको मनतातो पानी पिउनु पर्छ। यसरी पानी पिएपछि कब्जियत भएर दिसा आउन असहज भएको अवस्थामा समेत सहजरुपमा दिसा हुन्छ। १८ घण्टापछि व्यक्तिले खाएको खाना दिसाको माध्यमबाट विकारको रुपमा शरीरबाहिर निस्कनु पर्छ। जुन विकार ठूलो आन्द्रामा बसेको हुन्छ। विकारको थप पढ्नुहोस् ...