बालुवाटार जानूअघि प्रचण्डसहितका नेताहरु धुम्बराहीमा
काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु अघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सहितका नेताहरु पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीलाई पार्टी बैठक बोलाउनका लागि आग्रह गर्न बालुवाटार जान लागेका अध्यक्ष प्रचण्ड , बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा छन् । हिजो बसेको सचिवालयको अनौपचारिक बैठकले ओलीलाई औपचारिक बैठक बोलाउन सामुहिक आग्रह गर्ने निर्णय गरेको थियो । थप पढ्नुहोस् ...