नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने

उज्यालो प्रतिनिधि २९ फाल्गुन २०७७, शनिबार फोटो समाचार

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो ।

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । आज दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन शुरु हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिP ।

सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ । सोही ठाउँ नजिकै गत वर्षको असारपछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन । रानाभाटले भन्नुभयो, “हाल रोकथाम गरेको पहिरोभन्दा अझ माथि ठूलो पहिरो छ ।” यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । हालको ठेक्कामा सो पहिरो समावेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नुपर्ने रानाभाटले जानकारी दिP।

जुनसुकै बेला सो पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिएको उहाँको भनाइ छ । गत साल पहिरो रोकथामका लागि भएको ठेक्कामध्ये आठ ठाउँको सम्पन्न भएकामा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो । रु १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उहाँको भनाइ छ ।

यो सडक बिस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिएपछि पहिरोको जोखिम बढेको थियो । सडक बिस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको थियो । यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार