ताप्लेजुङमा ओली पक्षले राख्यो एमालेको साइनबोर्ड

उज्यालो प्रतिनिधि २५ फाल्गुन २०७७, मंगलवार फोटो समाचार

ताप्लेजुङ,।
ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ । ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ । प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को पक्षले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ । दुईपार्टी एक हुनु अघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो ।
माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसंग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो । प्रदेश सांसद समेत रहेका नेकपा एमालेको जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहेकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए । साम्सोहाङ अध्यक्ष रहेको एमाले जिल्ला कमिटीको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा र उपसचिवमा मंगलसिंह केदेम रहेका थिए।

नेकपा रहँदा ओली समूहले तोक्मे नजिक शान्ति टोलस्थित ग्लोबल आइएमई बैंक रहेको घरको तलमाथि पार्टी कार्यालय स्थापना गरेको थियो । अहिले ओली समूहले त्यहिँ नेकपा एमालेको बोर्ड राखेको छ । साम्सोहाङले भने नेकपा एमालेको पार्टी कार्यालय रहेकै ठाउँमा एमाले पार्टी कार्यालय स्थापना र सञ्चालन हुने बताए ।

-प्रिसा बस्नेत,ताप्लेजुङ

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार