प्रधानमन्त्रीद्धारा ‘मेक इन नेपाल’ ब्रान्डमा सामान उत्पादन गर्ने अभियान सुरु

उज्यालो प्रतिनिधि २५ फाल्गुन २०७७, मंगलवार समाचार

काठमाडौं । विश्वका केही मुलुकले जस्तै नेपाली निजी क्षेत्रले पनि ‘मेक इन नेपाल’ ब्रान्डमा सामान उत्पादन गर्ने अभियान सुरु गरेको छ।

मुलुकका उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघले सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मेक इन नेपाल’ अभियान सुरु गरेको हो। दक्षिणी छिमेकी भारत, बंगलादेश, अस्ट्रेलियालगायत केही मुलुकहरूले लामो समयदेखि आफ्नै नाममा सामान उत्पादन र बिक्री गर्दै आएका छन्।

केही वर्षयता उच्च आयातले अर्थतन्त्रमा समस्या पारिरहेका बेला निजी क्षेत्रले अगाडि सारेको यो अभियान राष्ट्रिय महत्वका रूपमा देखिएको छ। त्यसै पनि निजी क्षेत्रले लामो समयदेखि स्वदेशी उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आएको थियो। सरकारले केही वर्षका बजेटमार्फत १५ प्रतिशतसम्म मूल्य बढी भए पनि स्वदेशी सामान खरिद गर्न सक्ने व्यवस्था गरेको थियो। तर व्यवहारमा सरकारी निकायहरूले स्वदेशीभन्दा विदेशी सामान नै खरिद गर्दै आएका छन्। सर्वसाधारण उपभोक्ताको मोह पनि विदेशी सामानमै बढी देखिँदै आएको छ। मुलुकको यस्तो वातावरणमा निजी क्षेत्रको एउटा संस्थाले ‘मेक इन नेपाल’को अवधारणा ल्याएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले ल्याएको यो अभियान सरकारकै भएको बताए। ‘यो अभियान तपाईंहरूको भन्दा पनि सरकारको हो,’ अभियानको सुरुआत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने गरी आएको यो अभियानलाई सरकारले आफ्नै ठानेको छ।’

प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीलाई सकेसम्म आयात प्रतिस्थापन गर्ने गरी यो अभियान अन्तर्गत काम गर्न आग्रह गरे। आयात गर्नैपर्ने अवस्था आए आवश्यक वस्तु र कच्चा पदार्थ मात्र आयात गर्न ओलीले आग्रह गरे। ‘अनाश्यक वस्तुको आयातले समस्या खडा गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘इनर्जी ड्रिंक्सको नाममा धमिलो पानी किन आयात गरेर विदेशी मुद्रा खर्च गर्नुहुन्छ। यस्ता अनावश्यक वस्तु र स्वदेशमै उत्पादन गर्न सकिन्छ।’

उनले मुलुकका धेरै स्थानमा उद्योग, व्यवसाय खोल्न मिल्ने गरी पूर्वाधार निर्माण भएको जानकारी दिँदै यो अभियान त्यस्ता स्थानमा जानुपर्नेमा जोड दिए। ‘हामीले भर्खरै नौ सयदेखि दुई हजार एक सय बिघा क्षेत्रफल भएका औद्योगिक क्षेत्र तोकेका छौं,’ ओलीले भने, ‘व्यवसायीलाई कहाँ उद्योग स्थापना गर्ने भन्ने समस्या छैन। विभिन्न स्थानमा सुरु भएको सेज निर्माणको काम पनि रोकिएको छैन। मुलुक छिट्टै औद्योगिकीकरणतर्फ उन्मुख छ।’

प्रधानमन्त्री ओलीले पूर्वाधार बनिसकेका कारण अबको खाँचो उत्पादन र रोजगारीको भएको बताए। उनले उत्पादित वस्तुको बजारको खाँचो पनि नभएको जानकारी दिए। नागरिक दैनिकबाट

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार