किताबको पानामा मात्र लेखेर महिला विभेद अन्त्य हुँदैन विचार

विराज चालिसे विराज चालिसे २४ फाल्गुन २०७७, सोमबार

महिलाको हक अधिकार स्थापित गर्न र लैङ्गिक विभेद अन्त्य गर्न लामो संघर्ष र बलिदानिपुर्ण ईतिहास बनायर नेपालको संबिधानले महिलाको अधिकार सुनिश्चित गरेको छ। महिलाको अधिकार किताबका पानाहरुमा लेखियपनि व्यवहारमा उत्रिन सकेको छ या छैन भन्ने बिषयमा अन्यौलमा छ। एकातिर देश संघिय गणतन्त्र मा गयपछि महिला राष्ट्रपति हुनुभयो, महिला सभामुख हुनुभयो, महिला प्रधानन्यायाधीश हुनुभयो । महिलाहरु मन्त्री हुनुभयो, सांसद हुनुभयो संविधान र कानुन लेख्न हातमा कलम लियर जानुभयो एउटा गर्विलो ईतिहास निर्माण गरियो नेपालको इतिहासमा ।

विभिन्न कार्यक्रम र चर्का भाषण गरेर १११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाउदै गर्दा अर्कोतिर बलात्कार पछि हत्या गरिएकि निर्मला बहिनिले न्याय पाउन सकेकि छैनन, यो त एउटा प्रतिनिधिमुलक घटना हो, आज देशमा कयौँ निर्मलाहरु न्यायको लागि तड्पिरहेका छन । सुदुर पश्चिम र सुदुर पुर्वका कतिपय ठाउँहरुमा यो २१ औँ सताब्दिमा पनि बोक्सिको आरोपमा त्यहाँका आमाहरु दिदि बहिनीहरू चरम यातना भोग्न बाध्य छन, एउटै घरको चार भित्ता भित्र घरेलु हिंसा र चरम यातना भोग्न बाध्य नारिहरुको संख्या पनि कहालिलाग्दो छ महिला बेचबिखनका घटना पनि उत्तिकै आईरहेका हुन्छन तर कालो कोट लगायर चिल्ला गाडिहरु मा सेक्युरिटी सहित भाषण गर्दै हिड्ने माननिय हरुलाई यो कुराले पोल्दैन केवल पोल्छ त हामि जस्तो सर्वसाधारणलाई ।

दिनभर श्रम बेचेर ज्याला मजदुरि गरेर भोको पेट र बालबच्चा पाल्ने महिलाहरु लाई पनि बिभेद गरिएकै छ, ज्यालादारि र लेबर काम गर्ने एउटा पुरुष र त्यहि काम गर्ने बराबर भारि बोक्ने बराबर पसिना बगाउने महिलालाई दिने ज्यालामा बिभेद छ, श्रम ऐन अनुसार सुबिधा पाएका छैनन, यो बिभेद कहिले सम्म ? सत्य युगमा रामले सितालाई अग्नि परिक्षा लिँदा पनि बिभेद नै थियो ।

आज पनि लाखौँ लाख सिता हरुले अग्नि परिक्षा दिईरहेका छन आज नाबलक सिताहरु कतै छाउपडि प्रथा (पहिलोचोटि मगिनावारि हुँदा परिवार र आफन्तभन्दा टाढा सेवा सुबिधा रहित कठोर बसाई बस्नुको छाउ गोठमा अग्नि परिक्षा दिँदा सदाको लागि हामिबिच बाट बिदा भएका छन त कतिपय नारि संस्कृतिको नाममा देउकि प्रथा मानेर त्यसैमा विलिन भएका छन। श्रीमति मर्दा श्रीमानले अर्को बिहे गर्ने रे अनि श्रीमान मर्दा श्रीमतिले चाहिँ जिवनभर उसको नामको सिन्दुर पोते पनि लाउन नपाई जिवन बिताउनुपर्ने यो पनि एकप्रकारको बिभेद नै हो । समय परिवर्तन हुँदै गयो तर बिभेद रोकिएन अधिकार हरु कुण्ठित गर्न रोकिएन, समय फेरियो, बदलिएको समय सँगै विभेदका स्वरुप हरु फेरिए ।

महिला अधिकार भनेकै मानव अधिकार हो, स्वतन्त्र रुपमा जिउँन पाउने, बिभेद र दमन रहित जिवनयापन गर्न पाउने, शिक्षा, स्वास्थ्य को अधिकार, पुरुषले जस्तै समान ज्याला पाउने अधिकार सुनिश्चित हुन पर्छ । विश्वको करिब ४०५ श्रम महिलाले पुर्ति गरिरहेका छन त्यैपनि ज्यालामा बिभेद नै छ। उनिहरु सिस्टमेटिक रुपमा बिभेद व्यहोरिरहेका छन।

महिलाहरुको अधिकार स्थापित गर्नको लागि सर्वप्रथम त महिलाले आवाज उठाउन पर्छ, महिलाहरुले एक अर्कालाई सहयोग गर्नुपर्छ, आफ्नो पारिवारिक कार्यभार बिभाजन गर्ने, राजनिति लगायत हरेक क्षेत्रमा सहभागि हुने, दोस्रो पुस्तालाई शिक्षित बनाउने, आफ्ना अधिकार र कानुनको बिषयमा जानकारी राख्ने, नयाँ बिचार र बहसहरु गर्ने, सक्षम र आत्मनिर्भर भएर अगाढि बढ्नु पर्दछ । राज्यले पनि फरक तरिकाले महिलालाई यो या त्यो बहानामा हुने शारिरिक तथा मानशिक शोषण र दमनको अन्त्य गरि समानता र समतामुलक समाज निर्माण गरि किताबको पाना मा मात्र सिमित नभई व्यावहारमा स्थापित गराउनुपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *