काठमाडौ । खड्गप्रसाद ओली नेतृत्वका मन्तृपरिषदका मन्त्रीहरु एकपछि अर्को गर्दै विवादमा आइरहेको सन्दर्भमा कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले फेरि अर्को विवादित काम गरेकी छन् । गृहजिल्ला स्याङ्जामा आयोजित वडास्तरीय कार्यक्रममा हेलिकप्टर चढेर पुगेसङ्गै उनी विवादित बनेकी हुन । वडास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्री अर्याल हेलिकप्टर लिएर स्याङ्जा पुगेकी हुन् ।