काठमाडौँ । निम्न तथा आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित १०० विद्यार्थीलाई विद्यालयको सिफारिशका आधारमा रु १० हजार छात्रवृत्ति उपलब्ध गराएको छ । त्यस्तै प्राविधिक विषय पढ्ने १३ विद्यार्थीलाई रु ४५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको छ ।
गाउँपालिकाबाट इञ्जिनीयर उत्पादन गर्नका लागि चार जनालाई रु एक लाखका दरले अनुदान सहयोग गरिएको छ । त्यस्तै निजामती कर्मचारी उत्पादनका लागि ३० जनालाई रु ३० हजारका दरले अनुदान उपलब्ध गराएर लोकसेवा आयोगको परीक्षाको तयारीमा पठाइएको अध्यक्ष शाहीले जानकारी दिए ।
गाउँपालिकाभित्रबाट सवारी चालक बन्न चाहेका तर रकम नहुँदा तालीम लिनबाट वञ्चित निम्न वर्गका १३ युवालाई रु ३४ हजारका दरले रकम उपलब्ध गराएर तालीममा पठाइएको छ ।