काठमाडौं । नेकपा ओली पक्षका विदेश विभाग संगठन प्रवासी नेपाली मञ्च यूएईका सचिव भेषराज ढकाल पनि हुण्डी कारोबारमा संलग्न रहेको तथ्य खुलेको छ । यूएईमा रहँदै आएका ढकालले त्यहाँका केही नेपालीहरुलसँग हुण्डी कारोबार गरेको तथ्य उज्यालो नेटवर्कलाई प्राप्त भएको हो ।
सचिव ओली पक्ष नेकपाका कार्यकर्ता हुन । संगठनमा बसेर हुण्डी कारोबारमा सहभागी भएपछि उनको आलोचना समेत सुरु भएको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्दै आफूमार्फत नेपालमा कारोबार गर्दै आएको खुलेको हो ।
प्रवासी नेपाली मञ्चका ढकाल धेरैभन्दा धेरै संगठनमा आवद्ध नेपालीहरुलाई सस्तो ब्याजमा रकम मिलाउने भन्दै उक्त कारोबारमा खुलेर लागेका हुन । हामीलाई प्राप्त स्कृन सटमा हेर्दा भेषराजले भनेका छन,‘हजुर सर कति बजे सकिने हो र ड्युटी ? आज पैसा लिएर आउनुस है ?’
उनको अनुरोधपछि पैसा पठाउने व्यक्तिले ‘भोली आउछ रे पैसा’ भनेर जवाफ फर्काएका छन ।
हेर्नुसः
ढकालले नेपालमा पैसा पठाउने व्यक्तिको नाम पठाउन अनुरोध गरेपछि अर्का व्यक्तिले निजगढको अम्बिका राउतको नाम दिएको देखिन्छ । उक्त व्यक्तिले एक लाख पैसा पठाउनुपर्ने र उक्त रकम पठाए बापत २० दिराम चार्ज पनि लाग्ने कुराकानी गरेको म्यासेन्जरमा स्पष्ट देखिएको छ ।
कसरी गर्छन यूएईमा कारोबार ?
यूएईमा बसेका ढकाल सहितको टिमले रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको रकम उहीँ लिग्छन । उनीहरुले रकम लिएपछि सो बापतको रकम आफैंले राखेको रेटमा नेपालमा भुक्तानी गर्छन ।
सोही संगठनमा रहेका एक नेपालीका अनुसार उनीहरुले सो पैसाबाट सुनको बाला किन्दै नेपालमा पठाउँछन । र, सो सुनको बाला आफन्तले नेपालको एयरपोर्टबाटै रिसिभ गर्छन ।
कोरोनाले सबै सप्लाईहरु बन्द भएकोले हुण्डीको रेट ३१.६० मा हुने ढकाल आफैंले पैसा पठाउन पर्नेलाई भनेका छन ।
उनीहरुको कारोबारबारे थप विषय बाहिर आउन थालेपछि ढकाल सहित, संगठनका अध्यक्ष समेत रहेका महेश गिरि लगायतका त्यहाँ रहेका नेताहरुले धम्की समेत दिएको खुलेको छ । त्यहाँ रहेकामध्येका अध्यक्ष गिरि, सचिव ढकाल, सदस्यहरु याम पुर्कोटी, दिलिप खाती पुगेर एक नेपालीलाई आफू विरुद्ध बोलेको भन्दै धम्क्याएका थिए ।
अध्यक्ष गिरि यसअघि पनि पटक पटक मानव तस्करको आरोपीमा नाम आएका व्यक्ति हुन । उनले विभिन्न बहानामा नेपालीहरुलाई यूएई लगेर मानव तस्करी गर्दै आएको विषय यसअघि पनि खुल्दै आएका थिए । यूएईमा ०७३ सालमा आयोजित एक सांस्कृतिक कार्यक्रममा पनि उनले ४ जना युवतीहरुलाई लगेका थिए । दुबई पुर्याइएका युवतीहरुबाट लिइएको पैसामा उनीहरुले संगठनको नाम जोडदै कारोबार गराउँदै खुलेको हो ।