गरिबी निवारणका लागि चिनियाँ नमूना उदाहरणीय

उज्यालो प्रतिनिधि १५ फाल्गुन २०७७, शनिबार नेपाल–चीन

बेइजिङ, १५ फागुन । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्‍याउने चीनले बताएको छ ।

चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्षअगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूचि’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले गरिबी चीनले विगत आठ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएका बताए ।

‘यसलाई हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धिका रूपमा चीनले लिएको छ भने विश्वका लागि यो एक उदाहरणीय काम हो,’ उनले भने ।

विश्वको जनसंख्याको करिब २० प्रतिशत स्थान ओगटेको चीनमा गरिबी निवारण हुनुलाई संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले प्रशंसा गरेका छन् । यो नियमित प्रगति चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि भएको चीनको दावी छ ।

विश्व बैंकको पूर्ण गरिबीको मापदण्ड बमोजिम, अहिलेसम्म विश्वका ७० करोड भन्दा बढी जनसंख्या पूर्ण गरिब अवस्थामा रहेको छ । कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेपनि चीनले चीनले धेरै कठिनाईलाई जितेर समयमै पूर्ण गरिबी उन्मुलन गरेको चिनिया गरिबी निवारण कार्यक्रमको दावी छ ।

विश्वका कुनै पनि देशले यस्तै छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीको अवस्थाबाट मुक्त गर्न नसकेको तर चीनले सफलताका साथ इतिहास रचेको चीनले आफ्ना अन्तर्राष्ट्रिय मञ्चमा बताउने गरेको छ । चिनियाँ नमूनाबाट अरु देशले गरिबी निवारणका लागि पाठ सिक्न सक्ने देखिन्छ । सिन्ह्वा

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार