मनकामना मन्दिरमा चोरी

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७७, बिहीबार फोटो समाचार

बागलुङ । बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ ।

अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।

मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताए । उनका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ । पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ । आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिएको थियो ।

शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ । चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ । चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार