सिरहामा एक महिलाको बेवारिसे शव फेला

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७७, बिहीबार समाचार

गणेश कुमार ठाकुर,सिरहा । मिर्चैया नगरपालिका वडा नं.७ स्थित मिर्चैया कटारी सडक खणड बाट करिब २ किलोमिटर पश्चिम समुदायिक वन जगङलमा एक महिलाको बेवारिसे लास फेला परेको छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.७ स्थित मिर्चैया कटारी सडक खणड बाट करिब २ किलोमिटर पश्चिम समुदायिक वन जगङलमा मृत्यु भएको अवस्थामा अन्दाजी ३० वर्षकी महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी ) राजेद्र श्रेष्ठले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी ) श्रेष्ठका अनुसार नामथर, वतन नखुलेकी महिला रातो कुर्ता,हरियो सुरुवाल,खुट्टामा पाउजु लगाएकी घोप्टो अवस्थामा सडीगली पहिचान हुन नसकेको शव फेला परेको हो ।

मृतक लाश पोष्टमार्टमको रा.उ.अस्पताल लहान,सिरहा पठाईएको हो । साथै मृतक लासको पहिचानको लागि निजको आफन्तलाई खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी ) श्रेष्ठले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार