भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७७, बुधबार कोरोना [Covid-19] विशेष

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।

त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिनुभएको हो ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरुले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् ।

निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन÷चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिनुभयो ।

भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएको तथ्याङ्क छ ।

कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरुको अग्रपङ्त्तिंmमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको हो ।

दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको छ, यो खोप अधिकांश वृद्धवृद्धालाई नै दिइने छ, मन्त्री जवाडेकरले भने।

उहाँका अनुसार भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिंमा खटिएका व्यक्तिहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो ।

भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ । भारत आफैँले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन ।

बुधबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा १०४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १३ हजार ७४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको यो सङ्ख्या अघिल्लो दिनको भन्दा धेरै हो ।

भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ । यसले अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि थप राम्रो भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार