प्रचण्ड–नेपाल पक्षले निकाल्यो काठमाडौंमा विजय र्‍याली [फोटोफिचर]

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७७, बुधबार फोटो समाचार

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा विजय र्‍याली निकालेको छ ।

काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्यालीसहित नगर परिक्रमा गरेका हुन् । र्‍यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् ।

र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको छ ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि उत्साहित नेकपाको सो पक्षले आज देशैभर विजय र्याली र सभा आयोजना गरेअनुसार काठमाडौंमा विजय र्याली भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार