११ फाल्गुन २०७७, मंगलवार

‘धर्मादित्य जनजातिका पुराना मातृभाषी पत्रकार’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार समाचार

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको सातौँ साधारणसभा आज सम्पन्न भएको छ । रफत सञ्चार क्लबको सभाहलमा सम्पन्न सो सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले व्यावसायिक पत्रकारिताको आवश्यकता औँल्याउँदै संस्थागतरूपमा अघि बढ्न अपिलसमेत गरे ।

“धर्मादित्य धर्माचार्य आदिवासी जनजातिमध्येका पुराना मातृभाषी पत्रकार हुन् । करिब १०० वर्ष अघि उनले बुद्धधर्म नामको पत्रिका प्रकाशन गरेका थिए । यो तथ्यलाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले समेत स्वीकार गरेको छ”, अध्यक्ष बज्राचार्यले भने । अध्यक्ष बज्राचार्यले नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ भएको दाबी गर्दै पत्रकारलाई २००८ सालमै श्रेष्ठले सङ्गठित बनाएको स्मरण गरे ।

दबूका महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह गरे । भक्तपुरमा सक्रिय सञ्चारकर्मीले समाचारमा फरक कोणलाई प्राथमिकता दिँदैआएकोमा धन्यवाद दिँदै अझै स्तरीय समाचार सम्प्रेशन गर्नुपर्नेमा उहाँले जोड दिए ।

कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा दबूले आर्थिक सहयोग गरिरहेको बताए । दबूमा आबद्ध सञ्चारकर्मीको लागि रु १५ लाखको अक्षयकोष स्थापना भइसकेको जानकारी दिँदै उनले सो कोषलाई बढाएर रु ५० लाख पु¥याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिमा वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठले उनका अभिभावकको स्मृतिमा ‘हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा’ घोषणा गरेको छ । पत्रकारितामार्फत योगदान दिएका सञ्चारकर्मीलाई प्रोत्साहित गर्न सो पुरस्कारको घोषणा गरिएको पत्रकार श्रेष्ठले जानकारी दिए । उनले हरेक वर्ष रु १० हजार राशिको पुरस्कार प्रदान गर्नेगरी आफूले दबुमा नगद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

दबू भक्तपुर जिल्ला अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा आयोजित कार्यक्रममा बाबुकाजी साःछेँ श्रेष्ठ, हरिसुन्दर छुकाँ, सुरेश ख्वाकः श्रेष्ठ, प्रकाश मल्ललगायत सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रमलाई पत्रकार राष्ट्रिय दबू भक्तपुरका सचिव देवेन्द्र प्रजापतिले सञ्चालन गरेको थियो ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार