काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जित भएको बताएका छन् ।
सर्वोच्चको फैसलापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला जनताको पक्षमा आएको बताएका हुन् ।
‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई’।
संवैधानिक इजलासको फैसलामा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा स्वीकृत भइ जारी गरिएको निर्णय असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ।’