११ फाल्गुन २०७७, मंगलवार

केपी ओलीले संसद विघटन सम्बन्धी मुद्धा हारिसके : अध्यक्ष प्रचण्ड

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार समाचार

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा हारिसकेको बताएका छन ।

मंगलबार काठमाडौंमा विद्यार्थी नेता तिलक भण्डारीद्वारा लिखित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचनमा उनले अदालतप्रति विश्वास रहेको र जनताको पक्षमा आउने फैसलाको औपचारीक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको बताए ।

प्रधानमन्त्री ओलीले अहिलेको मुद्दा हारिसकेको तर व्यवहारिक रूपमा परास्त गर्नका निम्ति पार्टीले आन्दोलन अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण युद्ध जारी रहेको रहेको बताए । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेको युद्ध जित्नुपर्ने उनले बताए ।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप पनि लगाए । उनले ओलीले ७० बर्ष लामो संघर्षले ल्याएको परिवर्तनलाई अपहरण गर्न खोजेको टिप्पणी पनि गरे ।

चुनवाङ बैठकबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएको भन्दै उहाले अहिलेपनि एक पक्ष जनयुद्धमा भएको त्याग तपस्या बलिदानीलाई महत्व दिन नचाहेको बताए ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार