फागुन २४ मा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार खेल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोशी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट– दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ । आगामी सेना दिवसका उपलक्ष्यमा गोरखबक्स गणका पहलमा यही फागुन २४ गते सो प्रतियोगिता हुन लागेको हो ।

सोही क्षेत्रका गौरव दुगुनागढीको ऐतिहासिक महत्व एवं लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व उजागर गर्न, पर्यटकीयस्थलका रूपमा विकास गर्न र सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।

दौड प्रतियोगिता सञ्चालन हुने दिनका लागि प्रत्येक खेलाडीको रु १० लाख बराबरको दुर्घटना बीमा गरिनेछ । कूल २१.२१ किमी दूरीको उक्त प्रतियोगितामा खुुल्लातर्फ प्रथम हुुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितमा द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश ः रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा मुख्य आमन्त्रित व्यक्तिका रुपमा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र मीरा राई उपस्थित हुनुुहुुने निर्देशनालयले जनाएको छ । सरकारी कार्यालय, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, व्यापार व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा सेनाले उक्त दौड प्रतियोगिता सञ्चालन गर्न लागेको हो । सिन्धुुपाल्चोकवासीलाई पनि प्रोत्साहन होस् भनी उक्त प्रतियोगितामा जिल्लाबाट प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमश : रु २० हजार, रु १५ हजार र रु १० हजार नगरसहित प्रमाणपत्र प्रदान गरिनेछ । सेनाले शिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । प्रतियोगितामा करीब २०० धावकको सहभागिता हुने अपेक्षा गरिएको सेनाले जनाएको छ ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार