काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने लगायतका टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लामिछानेले नेपालमा पहिलो फोरके टिभी ल्याएको र टिभिको ‘ग्यालेक्सी फोरके’ रहेको बताएका हुन ।
लामिछाने म्यानेजिङ डाइरेक्टर छन् । जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।