काठमाडौं । महान्याधिवक्ता अग्नि खरेलले तत्काल राजीनामा दिने मनसाय नभएको प्रष्टोक्ति दिएका छन् । मंगलबार बिहानैदेखि उनले राजीनामा दिएका समाचारहरु बाहिर आएपछि उनले स्पष्टिकरण दिएका हुन् ।
महान्यायाधिवक्ता अग्नि खरेलले दिएको राजीनामा प्रधानमन्त्री ओलीले स्वीकृत गरिसकेका छैनन् । तर, उनले राजीनामा दिएको प्रधानमन्त्री स्रोतले पुष्टि गरिसकेको छ ।
तर, उनले आफ्नो चरित्र हत्या गर्नेगरि समाचारहरु आएको बताएका हुन् ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको स्रोतले दाबी गरेको थियो ।
उनलाई ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।