बनेपा–दोकर्पा–माटे बस संचालन, स्थानिय उत्साहित [फोटोफिचर]

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७७, सोमबार फोटो समाचार

काठमाडौं । काभ्रेको बनेपा–दोकर्पा– पौडेदेउरालीदेखि महाभारत माटेसम्मको बस संचालन भएको छ । आइतबार एक कार्यक्रमकाबीच सडक उद्घाटन भएको हो ।

कार्यक्रमको प्रमुख आतिथ्यता पूर्वमन्त्री तथा संविधानसभा सदस्य सुर्यमान दोङ ‘लालध्वज’ ले गरेका थिए । उनले स्थानिय स्तरमा विकासका कामहरु भइरहेको भन्दै आफूहरुको पहल हुने बताए ।

बस संचालन भएपछि त्यहाँका स्थानियहरु निकै उत्साहित भएका थिए । कार्यक्रममा संविधान सभा सदस्य विदुर सापकोटा, प्रदेशसभा सदस्यहरु रत्न ढकाल, लक्ष्मण लम्साल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष तीर्थ बहादुर लाामको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।

त्यस्तै, कार्यक्रममा स्थानिय समाजसेवी प्रकाश लामाले २० बोरा सिमेन्ट र १ हजार लिटर डिजेल सहयाृग समेत घोषणा गरेका छन् । त्यस्तै युवा व्यवसायी तथा समाजसेवी शेर बहादुर तामाङले पनि १ हजार लिटर डिजेल सहयोग गरेका छन् ।

बाटो संचालन भएपछि उत्साहित भएका स्थानियहरुले नेतृत्वले लिएको पहलले आफूहरु खुसी भएको प्रतिक्रिया दिए । लामो समयदेखि दुई घन्टा लामो समय लगाएर हिँड्नपर्ने बाध्यता हटेको भन्दै खुसी व्यक्त गरेका थिए । स्थानियहरुले उत्पादन गरेको कृषि तथा तरकारीहरु अब सजिलै बजार पुर्याउन पाउने भएपछि झनै खुसी भएको उनीहरुले बताएका थिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार