हिमपातबाट बन्द विद्यालय सञ्चालनमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७७, आईतवार शिक्षा

ताप्लेजुङ । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिए ।

विस्तारै मौसम राम्रो हँुदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन् ।

यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ । घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो । सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए । विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन् ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार