रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यान विजयी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७७, शनिबार खेल

रविन्द्र प्रताप गुप्ता, भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यानले साई ग्लोबल क्रिकेट क्लबलाई २९ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २२.५ ओभर खेल्दै सबै विकेट गुमाई १३९ रन बनायो । उसका लागि अख्तर हुसेनले ३३, अजमत खाँनले २९ र रुपक सापकोटाले २१ रन बनाए । बलिङमा साई ग्लोबलका इमरान पठानले ५, आकाश त्रिपाठीले ३ र जम्बो मगरले २ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको साई ग्लोबलले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमै समेटियो । उसका लागि इमरान खाँनले २६ र आशुतोष पासवानले २५ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अख्तर हुसेनले १० ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, गंगेशले २ तथा बैतुल्लाह खान र अजमत खाँनले समान १÷१ विकेट लिए । आइतबार वेष्टर्न क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लबबीच प्रतिष्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह–प्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

 

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार