फलेवासमा नागरिक निवृत्तिभरण योजना शुरु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७७, शनिबार अर्थ

पर्वत । फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना शुरु भएको छ ।

नगरापालिकाभित्रका असङ्गठित मजदूर तथा बेरोजगार नागरिकलाई ६० वर्षको उमेरपछि आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले नागरिक पेन्सन कार्यक्रम शुरु गरेको हो । साठी वर्षको उमेरसम्म मानिस नियमित कामकाज गर्न सक्छन् तर बुढेसकाल लागेपछि श्रम गर्न पनि नसक्ने र आर्थिक समस्या पर्दै जाने भएकाले यस्तो कार्यक्रम शुरु गरिएको हो । असङ्गठित मजदूरले काम गर्न सक्ने उमेरसम्म मासिक रुपमा नगरपालिकामा रु ५०० का दरले जम्मा गर्ने र सोही दरमा नगरपालिकाले पनि जम्मा गरिदिन्छ । यसरी जम्मा भएको रकम नगरपालिकाले ६० वर्ष नाघेपछि एकमुष्ठ वा पेन्सनको रुपमा भुक्तानी गर्ने गरी कार्यविधि तयार पारेको फलेवास नगरपालिकाले जनाएको छ । यो रकम नागरिक लगानी कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

नागरिक लगानी कोषले अन्य निजामती कर्मचारीसरह फलेवासका मजदूरलाई पनि ६० वर्षपछि एकमुष्ठ वा पेन्सनको रुपमा भुक्तानी गर्ने गरी नगरपालिकासँग सम्झौता गरिएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । शुक्रबार नागरिक पेन्सन योजनाको शुभारम्भका अवसरमा उक्त सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका हुन् । यो कार्यक्रममा पहिलो चरणमा नगरभित्रका ८०० मजदूरलाई सूचीकृत गरिएको छ । उनीहरुले गएको पुस महिनादेखिनै रकम जम्मा गर्न थालेको कार्यक्रम संयोजक रमेश शर्माले जानकारी दिए । साठी वर्षको वृद्धावस्था शुरु भएपछि पनि दैनिक घर खर्च चलाउन अरुको भर पर्न नपरोस् र आर्थिक अभावमा वृद्धवृद्धाले खान लगाउनबाट वञ्चित हुन नपरोस् भनेर सञ्चालन गरिएको यो कार्यक्रम प्रभावकारी हुने शर्माले बताए ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख शर्माले फलेवासमा मजदूरको युग शुरु भएको बताए । नेपालमै पहिलोपटक नागरिक कल्याणकारी कोष स्थापना गरेर पेन्सन दिने अभियान थालिएको बताउँदै शर्माले यो कार्यक्रमले कोही पनि आर्थिक अभावमा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । यस कार्यक्रममा अर्को वर्षसम्म एक हजार ३०० भन्दा बढी मजदूरलाई आबद्ध गरिने उनले बताए ।

नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जनप्रतिनिधि नागरिकको कल्याण र सेवाका लागि दिगो योजनाका साथ लागेका छन् भन्ने प्रमाण यो अभियानले देखाएको बताए । कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपालले वर्तमानमा बचत गरेर भविष्यमा पेन्सन पाउने यो कार्यक्रम निकै उपयोगी हुने बताए । उहाँले मजदूरको कल्याण र गरिबी निवारण तथा बेरोजगारी अन्त्यका लागि यो कार्यक्रम फलदायी हुने विश्वास गर्दै मजदूरलाई मासिकरुपमा रु ५०० बचत गर्न नछाड्नसमेत आग्रह गरे ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार