विनाकारण बर्खास्तमा परे प्रदेश २ का प्रमुख

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७७, शनिबार २ नं. प्रदेश

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरूले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शुक्रबारै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।

झाले शुक्रबारै शपथ लिएका छन् । राजेश अहिराजका रूपमा चिनिने झाले आफैँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका मधेशवाणीमा तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा ९गोइत समूह० को सशस्त्र समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए । यही विषयमा राज्यविरुद्धको अपराधमा उनी गिरफ्तार परेका थिए ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् । संसद् विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । परियारले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई पदमुक्त गरिएको प्रतिक्रिया दिएका छन् ।

‘मलाई कुनै जानकारी छैन, पदबाट हटाइएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, पछि मात्रै इमेल पाएको थिएँ । किन पदमुक्त गरियो भन्ने मलाई केही पनि जानकारी छैन । यो एक ढंगले नेकपाको विभाजनको प्रतिछाया हो कि भन्ने लागेको छ,’ उनले थपे, ‘मैले पदको मर्यादालाई कायम गरेर आफ्नो भूमिकालाई तटस्थ र निष्पक्ष भएर निभाएको थिएँ । अब यसबारे कानुनविद्हरूसँग सल्लाह गरेर कानुनी उपचार खोज्छु ।’

परियार १८ कात्तिक ०७६ मा प्रदेश प्रमुख नियुक्त भएका थिए । राष्ट्रपति भण्डारीले त्यसवेला पनि मन्त्रिपरिषद्को सिफारिसमा त्यसअघि कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन् ।
सरकारको सिफारिसमा भण्डारीले अकस्मात् प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकोप्रति नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसले विरोध एवं भत्र्सना गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार