राष्ट्रपतिद्वारा प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७७, शुक्रबार २ नं. प्रदेश

काठमाडौं । प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

परियार सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी सातै प्रदेशमा नेकपानिकटलाई प्रदेश प्रमुख बनाएको थियो ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार