कोरोना प्रभावितको उद्दारमा एनआरएनए यूएईको आर्थिक चलखेल ! अध्यक्ष कोइराला किन मौन ?

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०७७, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट अझै विश्व उत्रन सकेको छैन् । विशेषगरी श्रमजीवि वर्गहरुहमा लामो समयको लकडाउन र त्यसबाट उत्पन्न समस्याहरु धेरै देखिए । अझ, वैदेशिक रोजगारीका लागि विदेसिएका नेपालीहरु यसको चरम चपेटामा परे ।

तर, आफ्नो रोजगारी धरापमा परेपछि बाध्य भएर नेपाल आउन परेका श्रमिकहरुको नाममा नै ठगि सुरु भएका हल्लाहरु कोरोना महामारी नसकिँदै सुरु भएका छन् । यतिबेला धेरै नेपालीहरु रहेको यूएईका नेपालीहरुको सामाजिक सञ्जालभरि नै ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूएई’ माथि प्रश्न उठाएर विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।

सामाजिक सञ्जालमा ठूलो रकम हिनामिना भएको विषय व्यापक चर्कँदैगर्दा सम्बन्धित पक्ष भने यसबारे मौनजस्तै देखिएको छ । समन्वय परिषद् यूएईका अध्यक्ष प्रकाश कोइरालाले आफूमाथि प्रश्नचिन्ह उठाउँदै गरिएका टिप्पणीप्रति कुनै जवाफ दिएका छैनन् । यसअघि कोरोना महामारीको बेलामा प्रत्येक अपडेट सामाजिक सञ्जालमार्फत जानकारी गराउने कोइराला अहिले कोरोना भाइरस संक्रमण भएको भन्दै गुमनाम छन् । उज्यालो नेटवर्कले यसबारेको यथार्थ उनीसँग बुझ्दा उनी भन्छन्, ‘शुक्रबार एनसीसी बैठक छ । बैठकमा सबै डिटेल्स दिएपछि पत्रकार सम्मेलन गर्नेछु ।’

…………….
भएको के हो ?
गैर आवासीय नेपाली संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलो) को सहयोगमा यूएई लगायत मध्यपूर्बका अन्य मुलुकहरु र मलेशियामा कोरोनाका कारण समस्यामा परेका नेपाली कामदारहरुको सहयोग र उद्वारको लागि ५ करोड रकम सम्झौता गरेको थियो । जसमध्ये युएईको नाममा ८० हजार डलर (झण्डै नेपाली ९० लाख रुपैंया) सम्झौता भएको थियो ।

सम्झौतालगत्तै उक्त रकम आएको वा नआएको बारेमा एनआरएनए यूएईलाई कुनै पत्तो दिइएन् । उक्त रकम यूएईमा रहेका पिडीत नेपालीलाई खर्च गर्ने गरी अन्तरास्ट्रिय समन्वय समिती (आईसीसी) सँग नेपालमा सम्झौता भयो ।

तर, त्यसबारे यूएईमा रहेको एनआरएनए,यूएईलाई कुनै जानकारी भएन् । स्रोतका अनुसार आइसीसीले उक्त रकम प्रकाश कोइरालाकै नाममा पठाएको छ ।
अध्यक्ष कोइरालाले उक्त रकम आएको र खर्च भएको बारे संस्थाका कुनैपनि व्यक्तिलाई जानकारी गराएनन् । उनले आइसीसीबाट ल्याएको रकमबारे कुनै जानकारी संस्थालाई गराएका छैनन् । उनले आफूलाई सहज परिस्थिति मिलाएर विभिन्न बहानामा संस्थाका पदाधिकारीहरुलाई थाहा नदिई ल्याएको रकमको दुरुपयोग गरेका हुन् ।

त्यसको स्पष्ट जानकारी सोही संस्थाका प्रवक्ता, महासचिव र उपाध्यक्षले सामाजिक सञ्जालमार्फत नै प्रष्ट पारिसकेका छन् । यसबारे व्यापक चर्चा सुरु भएपछि एनआरएनए, यूएईका प्रवक्ता सुबाश शर्माले आफ्नो सामाजिक संजालमार्फत यसबारे आफू अनविज्ञ भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्थाको आर्थिक हिनामिना समाचार बारे आएका जिज्ञासाका एकएक गरी उत्तर दिन संभव नहुने र उत्तर नदिई बस्दा नकरात्मक सन्देश जाने हुँदा सबै शुभचिन्तकहरूलाई आर्थिक हिनामिना साच्चिनै भएको हो या हल्ला मात्रै म अहिलेसम्म अनबिज्ञ छु भनेर लेखेका छन् ।’

यसअघि संस्थाका अन्य पदाधिकारीहरुले यसबारे बुझ्दा कोइरालाले अलि फरक जवाफ समेत फर्काएका थिए । नाम नबताउने शर्तमा संस्थाका एक सदस्य भन्छन्, ‘कोइरालालाई हामीले यसबारे बुझ्दा खर्च भइरहेको रकम आफ्नो व्यक्तिगत रकमबाट खर्च गरेको र आइसीसीलाई आफूले नेपाल गएर बिल बुझाउने बताएका थिए । तर, हामीलाई रकम आएको र यसबारे अन्य विवरण थाहा थिएन् ।’

त्यस्तै, उक्त संस्थाका महासचिव निश्चल दाहालले पनि आफूलाई उक्त विषयबारे विज्ञता नभएको स्पष्ट पारेका छन् । उनले पनि सामाजिक सञ्जालमार्फत नै भनेका छन्, ‘संस्था मुछिदा संस्थामा आवद्ध सबै मुछिन्छन तर नखाएको बिष लाग्दैन । यो लाखौ (झन्डै करोड) को कुरामा अनभिज्ञ म छु अब भन्न सक्दिन किनकी धेरै जानकारी पाई सकेको छु तर भर्खर मात्र । तथापी यस्को गुदि छिचोलेर जरा सम्म पुगेर सबैमा जानकारी गराउने प्रतिबद्धता मात्र नभएर प्रण गर्दछु ।’

एनआरएनए, यूएईका पदाधिकारीहरुलाई रकम आएको÷नआएको जानकारी नै नहुनुले कोइरालाले एकलौटी निर्णयमा रकम हिनामिना भएको प्रष्ट भएको छ ।

……………
के भन्छ आइसीसी ?
यो विषय चर्कँदै गएपछि उज्यालो नेटवर्कले आइसीसीसँग सम्पर्क गरेको छ । विभिनन मुलुकमा कोरोना महामारीका बेलामा राहत र उद्दारका लागि पठाएको रकमबारे आइसीसीले हामीलाई जानकारी दिएको छ ।

जस अन्तर्गत, युएईका लागि नेपाली रुपैंया ५१ लाख ११ हजार ४८४ रुपैंया ३२ पैसा पठाइएको बताएको छ ।

………….
हेर्नुस् आइसीसीबाट हामीलाई प्राप्त विवरणः

…………..
यसरी उब्जन्छ शंका !
त्यस्तै, मध्यपूर्व संयोजक प्रविण गुरुङले पनि एक विज्ञप्ति नै जारी गर्दै आफूहरुलाई कुनै संलग्नता र जानकारी नभएको बताएका छन् । यी सबै विषयहरु एजागर भइरहँदा अध्यक्ष कोईराला अझै मौन बस्नुले धेरै प्रश्नहरु जन्माइरहेको प्रष्टै भएको छ ।

एनआरएनए युएईका अध्यक्ष कोइरालाले यूएईमा कसैसंग समन्वय नगरि आफूखुशि उद्धार गरेर आइसिसिमा बिल बुझाउने गरेको खुलेको छ । आफ्नै कार्यसमितिलाई समेत कति रकम आयोरकति खर्च भयो जानकारी नगराउनले शंका गर्ने प्रसस्त ठाउँहरु भेटिन्छन् । एकहप्ता बढी समय भइसक्दा पनि राष्ट्रिय समन्वय समितीको सामाजिक सञ्जालमा कुनै अपडेट नहुनु, संस्थाका प्रमुख पदाधिकारीहरु जानकार नहुनु, अध्यक्षले प्रतिक्रिया नदिनु लगायका विषयले झनै बढी आशंका बढेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार