३ फाल्गुन २०७७, सोमबार

भेटेरिनरी अस्पताल अन्य स्थानमा स्थानान्तरण गर्न लागिएको भन्दै विरोध

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७७, सोमबार लुम्बिनी

भैरहवा । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस भैरहवाको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल (भेटेरिनरी अस्पताल) अन्य ठाउँमा स्थानान्तरण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उनीहरुले षड्यन्त्रपूर्वक विभिन्न बहानामा यस क्षेत्रकै गौरव पशु शिक्षण अस्पताल अन्यत्र सार्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

भेटेरिनरी अस्पतालको सम्पूर्ण संरचना तयार भइ पूर्ण रुपमा सञ्चालन नभएसम्म कुनै पनि बहानामा अस्पतालको युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरिच प्रोगामको नाममा अन्य ठाउँमा निर्माण गर्न खोज्ने र चाहने कार्य आफुहरुलाई मान्य नहुने स्थानीय सुशील गुरुङले बताए । उनले पक्लिहवा कृषि क्याम्पसको विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद, कृषि र पशु विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयले यस विषयमा गरेको आफ्नो सम्पूर्ण निर्णय र अन्य नगरपालिकासंग जग्गा प्राप्तीको नाउमा भएको सहमति यथाशिघ्र खारेज गर्न माग गरे ।

‘अन्य नगरपालिकासंग जग्गा प्राप्तिको नाउँमा गरिएको गोप्य सहमति (एम.ओ.ई.) यथाशिघ्र खारेज गरी अन्य ठाउँका लागि हालै भएको बजेट निकासा समेत यसै पक्लिहवा कृषि क्याम्पसको खातामा रकमान्तरण नभएसम्म, यसको लिखित जानकारी हामीले प्राप्त नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ, गुरुङले भने ।

तराईकै उर्वरभुमि रहेको र डण्डा खोलाको किनारमा एउटै प्लटमा ५२ विगाहामा फैलिएको जिल्लाको केन्द्रको रुपमा रहेको यस क्षेत्रबाट कंक्रिट नै कंक्रिट वस्तीमा स्थानान्तरण गरिदैछ भन्ने विषय गम्भिर र रहस्यपूर्ण रहेको उनको भनाइ छ ।

‘पाँच वर्षअघि नै अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र नक्सा समेत तयार भइसकेको अवस्थामा नेपाल सरकारबाट प्रारम्भिक बजेटको रुपमा तीन करोड रुपैयाँ विनियोजन भइसक्दा पनि षड्यन्त्रमुलक ढंगले क्याम्पस प्रशासनले केही नगर्ने र बजेटलाई फ्रिज गर्ने, भेटेरिनरीको सातौ व्याच आइसक्दा र तीनवटा व्याच उत्तीर्ण भएर गइसक्दा पनि आजसम्म पूर्वाधार तयारीमा आँखा चिम्लेर बस्ने काम भएको छ, ’उनले भने ।

बी.एस्सी. भेटेरिनरीको नयाँ भर्नाको लागि नेपाल भेटेरिनरी काउन्सिलले विगत दुई शैक्षिक सत्रबाट मान्यता नदिदा यसैको बहाना बनाई नयाँ ठाउँमा नयाँ पूर्वाधार निर्माण गर्न खोज्नु गलत भएको स्थानीयको आरोप छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लले मणिग्राममा भेटेरिनरी अस्पतालको स्थापना गर्ने कुरा सुनिएको बताए । ‘जब मूल घर नै स्थापना भएको छैन, कहाँबाट शाखाको कुरा आयो, कतै षड्यन्त्र भएको त छैन् भन्दै उनले प्रश्न गरे ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापाले भेटेरिनरी अस्पताल स्थानान्तरण गर्ने विषयमा आफहरुको विरोध रहेको बताए ।

श्री दुर्गा मन्दिर नयाँ गाउँ–रानी गाउँ–१ का अध्यक्ष खुशीमान गुरुङले आफुहरुले उठाएको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

आन्दोलनरत स्थानीय पहिलो चरण अन्तर्गत पक्लिहवा कृषि क्याम्पस प्रमुखको कार्यालयमा अनिश्चिकालिन तालाबन्दी समेत गरेका छन् । माग सम्बोधन नभएसम्म अनिश्चितकालिन तालबन्दी गरिएको स्थानीय याम बहादुर थापा (माइला)ले बताए । आन्दोलनको कार्यक्रम अन्तर्गत पक्लिहवा कृषि क्याम्पसको स्वामीत्वमा रहेको कुनै पनि सवारीसाधन क्याम्प्स हाता भन्दा बाहिर चलाउन पूर्ण रुपमा बन्देज लगाइएको उनले बताए । आन्दोलनलाई कमजोरी ठानी यसकोविपरीत हुने गरी पाइला चालिएमा भोलिका दिनमा पक्लिहवावासी तथा सम्पूर्ण भैरहवावासी कुनै पनि सीमासम्म जान बाध्य हुने उनले चेतावनी दिए ।

स्थानीयले भेटेरिनरी अस्पताल) अन्य ठाउँमा स्थानान्तरण नगर्न माग राख्दै आइतबार क्याम्पस प्रमुख डा. राम भजन मण्डललाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख डा. मण्डलले यो विषयमा क्याम्पस प्रशासनले कुनै किसिमको कदम नचालेको बताए । उनले आफुले पनि यो विषयमा बुझिरहेको बताए ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार