३० माघ २०७७, शुक्रबार

लुम्बिनी वाणिज्य क्याम्पस, स्वायक्तता र मानित विश्वविद्यालय

बिकास चालिसे बिकास चालिसे ३० माघ २०७७, शुक्रबार

विसं २०३८ सालमा स्थापना भएको लुम्बिनी वाणिज्य क्याम्पस स्वायक्ततामा जाँदैछ । राष्ट्रकै उत्कृष्ट सामुदायिक क्याम्पस हुन सफल बुटवल–११ देवीनगरमा अवस्थित यो क्याम्पस स्वायक्ततामा जाँदै गर्दा क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीहरुलाई स्वायक्तता बारे जानकारी नै छैन । स्वायक्ततामा क्याम्पसले कसरी स्लेबस तयार गर्छ कसरी अध्यापन गराउँछ र कसरी सर्टिफिकेट हरु प्रदान गर्छ भन्ने बिषयमा अनविज्ञ नै छन ।

न त क्याम्पसले विद्यार्थीलाई बुझाउन सकेको छ। स्वायक्ततामा क्याम्पसले नयाँ कार्यक्रम तर्जुमा गरि त्रिविको स्वीकृतिमा सञ्चालन गर्ने अनुमति लिई तत्पश्चात पठ्यक्रम तयार गरी पढाउने मुल्यांकन गर्ने परिक्षा लिने गर्दछ । तर, सर्टिफिकेट आउँदा त्रिभुवन विश्वविद्यालयबाटै आउने गर्दछ । क्याम्पस पूर्णरुपमा स्वतन्त्र भई कार्यक्रम सञ्चालन गर्न भने सक्दैन । हाल लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायक्तता अन्तर्गत BBA-FA, MBA-BF र MBS-F सञ्चालनमा रहेका छन् । अन्य कार्यक्रम BBS, MBS र BBM रहेका छन भने अब MBS को सट्टा MBS-F, BBM को सट्टा BBM-Applied र BBS को सट्टा BMS ल्याउने तयारिमा छ। तर, विद्यार्थीहरु भने BBS र MBS नहटाउने पक्षमा छन् ।

यतिबेला नेपाली श्रमजीवि जनताको छोराछोरी उच्च शिक्षा अध्ययन गर्न पाउने अधिकारको नीम्ति संघर्षशील छन् । यस प्रदेशका रुपन्देही सहित कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लाहरुबाट उच्च शिक्षा हासिल गर्न लुम्बिनी वाणिज्य क्याम्पस रोज्ने विद्यार्थी धेरै छन् । साथै, बाग्लुङ, पर्वत, स्याङ्जा लगायत जिल्लाबाट पनि लुम्बिनी वाणिज्य क्याम्पसमा आफ्नो शैक्षिक भविष्य उज्जवल देखेर आउने गरेका छन र भविष्य उज्वल बनायका पनि छन । अत्यन्तै सस्तो शुल्क रु ५२५ मा BBS पढाई हुने गरेकोमा अब अलि महङ्गो शैक्षिक शुल्क हुने गरि स्वायक्त कार्यक्रम अन्तर्गत BMS ल्यायको छ । जुन सेमेस्टरमा आधारित कोर्ष हो र BBS मा जति संख्यामा विद्यार्थी थिए । त्यति संख्यामा बिद्यार्थी लाई शिक्षा दिन सक्दैन । गरिब र श्रमजिवि वर्गका बिद्यार्थी लाई थप चुनौती थपिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पस स्वायक्ततामा मात्र नरोकियर मानित विश्वविद्यालयमा जाने बाटोमा अग्रसर छ । जसलाई Deemed university अथवा Deemed to be university पनि भन्ने गरिन्छ । यसको बिषयमा धारणा बनाउनु भन्दा पहिले बिद्यार्थी र बिद्यार्थी संघठनले विश्वबिद्यालय र स्वायक्तता बारे बुझ्न जरुरी हुन्छ ।

विश्वविद्यालय भनेको त्यस्तो शैक्षिक संस्थाहो जसले बिभिन्न बिषयमा अनुसन्धान मुलक अध्यापन गराई बिद्या सम्बन्धि उपाधिहरु प्रदान गरिन्छ। विश्वविद्यालय बिभिन्न किसिमका हुन्छन जसमध्ये प्रचलित विश्वबिद्यालय केन्द्रीय विश्वबिद्यालय हो जस्तै त्रिभुवन विश्वबिद्यालय, पोखरा विश्वबिद्यालय जसले अन्य क्याम्पसलाई आफ्ना कार्यक्रम चलाउन सम्बन्धन दिन्छन । त्यसैगरि प्रादेशिक विश्वबिद्यालय जुन प्रदेश स्तरको हुन्छ र प्रदेश सरकारको सहयोगमा काम गर्दछ, यसले पनि अनि क्याम्पस लाई आफ्ना कार्यक्रम चलाउन सम्बन्धन दिन सक्छ । त्यसैगरि निजि विश्वबिद्यालय हुन्छ जुन गुठि अथवा कुनै समुहले सञ्चालन गरेको हुन्छ। भारतको राजस्थान मा रहेको The Birla Institute of Technology Science यसको उदाहरण हो जसको सञ्चालन Birla Group Trust ले गरेको छ। जुन सन १९६४ मा स्थापना भएको थियो। यस्ता विश्वबिद्यालयले अन्य क्याम्पस लाई सम्बन्धन दिन सक्दैनन् ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई बनाउने भनेको Deemed university एउटा यस्तो शैक्षिक संस्था हो जसले उच्च स्तरको शिक्षा दिने गर्छ जसलाई विश्वबिद्यालय अनुदान आयोग ( UGC) बाट मान्यता प्रदान गरियको हुन्छ। यसमा आफ्नो कोर्ष बनाउने, स्लेबस( Syllabus)बनाउने कोर्ष को काम गर्ने कुरामा पुर्ण रुपमा स्वतन्त्र हुँदैन तर बिद्यार्थी भर्ना, शैक्षिक शुल्क र बिद्यार्थीलाई अध्यापन गराउने आफ्नै निर्देशिका हुन्छ । यसले अन्य क्याम्पस लाई सम्बन्धन दिन सक्दैन आफ्नो कोर्ष मात्र सञ्चालन गर्दछ। यसको प्रकृति नीजि विश्वबिद्यालय को जस्तै हुन्छ । छिमेकि मुलुक भारतमा करिब १२० देखि १२७ को हाराहारिमा यस्ता विश्वबिद्यालयहरु छन् । प्रायः भारतमा यस्ता विश्वबिद्यालय देख्न सकिन्छ । भारतको नया एेन अनुसार यस्ता विश्वबिद्यालय लाई विश्वबिद्यालय लेख्न नपाईने भनि उल्लेख गरेको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई ब्यबस्थापन बिषयमा विशिष्टिकृत प्रादेशिक विश्वबिद्यालय बनाई यसको साख र गरिमा पनि बचाउने र गरिब श्रमजिवि वर्गका छोराछोरिले पनि पढ्न पाउने गरि उनिहरुको लागि क्याम्पसको गेट बन्द नहुने गरि सञ्चाचल गर्न सकिन्छ भन्ने बिषयमा वहस गर्न जरुरी छ अबको बाटो कता छलफल गर्न जरुरी छ। साथै सम्बन्धित निकाय र बिद्यार्थी संगठनले पनि सोच्न जरुरि छ र शैक्षिक मुद्दामा केन्द्रित हुन जरुरी छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *