२७ माघ २०७७, मंगलवार

किर्ते ‘केपी बा’ तर्क अनेकन गर्नुहोस् तर, संसद विघटन जनविरोधी कदम नै हो

मिन बहादुर सुनुवार ‘सुमन’ मिन बहादुर सुनुवार ‘सुमन’ २७ माघ २०७७, मंगलवार

एकजमानामा अमेरिकन राष्ट्रपति अब्राहम लिङ्कनले झण्डै १ सय ५० वर्ष अगाडि भनेका थिए लोकतन्त्र भनेको ‘जनताको निम्ति जनताद्वारा जनताले निर्माण गरेको सरकार हो ।’ आज तिनै अब्राहम लिङ्कन भौतिक रुपमा यो दुनियाँमा त छैनन्, तर उहाँले व्यक्त गरेको त्यो लोकतन्त्रको परिभाषा आजसम्म जिउँदै छ । र भविष्यमा पनि मानव सभ्यता रहेसम्म कालजयी भएर त्यो पङ्क्ती रहिरहेने छ । किनभने त्यो बखत अमेरिका चरम जातीय( प्रजातीय विभेद, गरिबी, बेरोजगार अनि पछौटेपनले उकुसमुकुस भएको थियो । अमेरिकन जनताको तिर्खाएकोआँतलाई न्याय र समानताले मेटाउन सकेको थिएन ।

त्यसकारण, जनताको मर्न लागेको विश्वासलाई भित्रबाट नै हौसला अनि आशाको उर्जा भर्नका लागि उहाँले अब ‘जनताको सरकारको युग’ प्रारम्भ भयो भन्ने उदघोस त्यो बेला गरेका थिए । र, संसार भरिका बादसाह अनि शासकलाई जनताको तागतले सत्ताबाट ढाल्दै लोकतन्त्रको लहर जताततै चल्यो ।एकपछि अर्को राष्ट्रमा लोकतन्त्र अनि गणतन्त्रले अभुतपूर्व विजय प्राप्त गर्दै गयो । समयको गतिसँगै यसबाट नेपाल पनि अछुतो रहन सकेन । अनेकन राजनीतिक आरोह-अवरोह र अड्चनहरु पार गर्दै नेपालमा लोकतन्त्रको स्थापना भयो । जनताको भाग्य र भविष्यलाई साकार पार्न सकिने र राष्ट्रको समृद्धि गरिछाड्ने संकल्पित नेपाली जनताको सार्वभौम संसदको जन्म भयो ।

तर झन्डै ७० वर्ष भन्दा लामो संघर्ष, आन्दोलन र दश वर्षको जनयुद्धको जगमा निर्माण भएको संविधान, जुन संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौम बनाएको छ। जुन संविधानले जनताको लोकतन्त्रलाई मजबुत बनाएको छ । त्यसको अटुट रुपमा रक्षा गरेको छ । आज चौपालमा त्यहीँ संविधानको खुलेआम हत्या गरिएको छ । यसरी हत्या गर्ने पात्र अरु कोहि होइन, आफुलाई जिन्दगीभर राजनिती गरेको एउटा भुक्तभोगी भन्न रुचाउने अनि झन्डै दुई तिहाइ सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री ‘केपी बा’ हुन् । ‘केपी बा’ले पुष ५ गते नेपाली जनताको सार्वभौम संसद विघटन गरिदिए । संविधानले एक्कासि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन, तर कृते महावली ‘केपी बाुको अगाडि संसद र संविधान र लोकतन्त्र निकम्मा भए । उहाँले कठैबरी जनताको नासो अथवा सार्वभौमिकता र लोकतन्त्रलाई दिनदहाडै कत्लेआम गरिदिए ।

तसर्थ, लिङ्कनले उबेलामा लोकतन्त्र भनेको जनताको सरकार, जसलाई संविधान मार्फत बचाउनु पर्छ भनेका थिए । र, यसबाट सम्पूर्ण जनताले प्रशस्त लाभ लिनसकोस भन्ने उनको उदेश्य थियो । तर, लिङ्कनको ठिक उल्टो बुद्धि भएको ुकेपी बाुले मेरो सरकार जनताको सरकार, लोकतान्त्रिक सरकार । गरिब अनि निमुखाहरुको सरकार । कम्युनिष्टको सरकार भनेको होइन र रु आज तिनै व्यक्तिले निर्दोष नेपाली जनताको लोकतन्त्रको चिरहरण गरे। जनताको सुन्दर भविष्य निर्माण गर्ने संसद भंग गरे ।

आखिर जनताले के गल्ती गरेको थियो र ?
संसद विघटन गरेको ? पार्टी भित्रको किचलो र संघर्षको कारण देशलाई नै बर्बाद बनाउन मिल्छ ? घरमा झगडा भयो भन्दैमा घरमा नै आगो लगाउन मिल्छ ? कृते केपी बा को आरोप छ । यो पदको झगडा हो । मलाई कतैकाम गर्न दिएनन् भन्ने अनि उहाँ आफै कुर्सीमा टासिरहने । उहाँको यो मजाक देशले कहिलेसम्म झेल्ने ? पक्कै पनि देश यो हालतमा आउन र जनताले दुःख पाउने स्थिति बन्नुमा सबै नेतृत्वको धेरै थोरै भूमिका होलान् । पानी माथिको ओभानो कोहि पनि नहोलान । तर, नेपाली जनताको प्रधानमन्त्री अनि आफ्नो पार्टीको अध्यक्षले नै संसद विघटन गरे । चार दशक राजनीतिक अनुभव सङ्गालेको व्यक्ति हुँ भन्नेले यस्तो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी ‘कू’ गर्न मिल्छ ? त्यसकारण, यो नै सबैभन्दा ठूलो गल्ती हो । उहाँ नै सबैभन्दा ठूलो अपराधी हुन् । दोषी हुन् ।

तसर्थ, एउटा व्यक्तिवादी सोच भएको, संकी र जाली झेली व्यक्ति, जसले प्रतिगमन कदम चालेका छन् । यसको विरुद्धमा सचेत नागरिक अनि आलोचनात्मक सोच भएका तमाम व्यक्तिहरु एकजुट हौं । किनभने कृते केपी बाले जनताको बीचमा सद्भाव र एकता होइन, नैरसता र फुट मात्र ल्याए। अनि नेतृत्व त वैचारिक रुपले अनि सैद्धान्तिक रुपले खारिएको हुनुपर्छ । पार्टीको विचार, नीति अनि सिद्धान्तले समाजमा तरंग र गतिशीलता पैदा गर्ने खाल्को हुनुपर्छ । तर केपी बा जताततै ठट्टा र उखान टुक्का मात्र भन्दै मान्छे हसाउदै हुनुहुन्छ । हुन त जो जे कुरामा पोख्त छ उसले त्यहीँ नै गर्ने हो । संकी सोच र कमेडी प्रहसनले नेपाली जनताको भविष्य सुन्दर कदापि बन्दैन ।

कृते बाको प्रतिगमन कदमले आज सबै राजनीतिक सामाजिक उपलब्धिहरु धरापमा छन् । सरकार पक्षको वकिलले अदालतमा संघीयता र गणतन्त्रलाई नै यो संविधानले खारेज गर्न सक्छ भन्ने कुतर्क गर्दै छन् । आज सात दशकको राजनीतिक संघर्ष, जनान्दोलन, जनयुद्ध र बलिदानबाट प्राप्त सार्वभौम नेपाली जनताको संविधानले प्रवधान गरेको संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशी, समानुपातिक र धर्म निरपेक्ष जस्ता गम्भीर संबैधानिक मुल्य मान्यताहरुमा कथित केपी बा र उहाँको गुट्ले एक पछि अर्को प्रहार गर्दैछन् ।

तसर्थ, जाली झेलीहरुका यी तमाम प्रतिगमनलाई रोक्न र यिनीहरुको कथित सेटिङलाई तोड्न सम्पुर्ण नेपाली जनता, नागरिक समाज, अभियानता, बुद्धिजिवि, शिक्षक, पत्रकार सबै एकढिक्का हुन आवश्यक छ । कृते बाको बकम्फुस्रे ठ्ट्टा र मजाकमा आलोचनात्मक सोच भएका व्यक्ति कदापि भुल्नु हुन्न । बरु असंवैधानिक ुकूु को विरुद्धमा धावा बोलौ । आँधिहुरी ल्याउ र प्रतिगमनकारी ओलिवादलाई परास्त गरौं । तर म नै शासक, म नै सरकार अनि म नै राज्य ठानेर जताततै मेरो बलियो सेटिङ छ भन्दै जनताको आन्दोलनलाई निर्ममता पुर्वक दमन गरेमा, हत्या र हिंसा गरेमा, त्यहाँ जनताको प्रतिरोध हुनेछ ।

अनि याद रहोस् अन्ततः जसरी नाजीवाद र गदाफीतन्त्रको नामेट भयो, त्यहीँ हालत कृते ओलितन्त्रको हुनेछ । यहाँ के कुरा नभुलौं भने हिटलर, मुसोलेनी, गदाफी र ज्ञानेन्द्रको पनि आफ्नो शक्तिशाली सेना र आफुलाई साथ दिने जनताको थामी नसक्नु भिड थियो । तर, इतिहास साची छ, ती निरंकुश शासकले नमिठो हार मात्र भोग्नु परेन, मर्नु र मारिनु नै पर्यो । तसर्थ, कृते केपी बा तपाइँ अनेकन तर्क गर्नुहोस् तर तपाइँको संसद विघटन सोर्‍ह आना नै जनविरोधी कदम हो । आशा गरौं बेलैमा बुद्धि फिरोस । एउटा झुण्ड्को मात्र बा हैन सम्पूर्ण नेपालीको बा बन्ने सोच राख्नुहोस । तर किमार्थ ओलितन्त्रलाई ओलिगार्चीमा बद्लिएर त्यो तानाशाहको पथमा अगाडि नबड्नुहोस। किनभने त्यो सिर्जना र शान्तिको बाटो होइन, निर्धक्क भएर भन्न सकिन्छ त्यो विनाशको पथ हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *