काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगन भएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूचीसहित आइतबार बैठक सुरु हुनसाथ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलगायतका सांसद् उठेर विरोध गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले उनीहरुलाई बस्न आग्रह गरेलगत्तै अर्को बैठक फागुन ९ गते बस्ने घोषणा गर्दै बैठक स्थगन गरे ।््
प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव टेबुल गर्न र सत्तापक्षले भने संसदीय दलबाट निलम्बित १६ जना सांसद्लाई प्रवेश निषेध गर्नुपर्ने माग गरेका थिए । तर, दुवै मागका विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन सकेन । कार्यव्यवस्थाको बैठक चलेको थियो ।