काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई विरुद्ध परेको अविश्वासको प्रस्ताव पेश हुने भएको छ । २ बजे बस्ने भनिएको बैठक सहमति नजुट्दमा बस्न सकेको थिएन् ।
चार घण्टा बढी चलेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।
तर, नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–माधव समूह भने आज जसरी पनि अविश्वासको प्रस्ताव संसद्मा पेस गर्नुपर्ने अडानमा थियो ।
अन्ततः ओली समूह सहमत भएपछि आजै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने भएको छ । त्यसपछि भने संसद् स्थगित गर्ने सहमति भएको छ ।