सिद्धार्थनगरमा सुत्केरी आमाहरुसंग नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ माघ २०७७, सोमबार लुम्बिनी

रबिन्द्र प्रताप गुप्ता/भैरहवा । सिद्धार्थनगर नगरपालिकाले सुत्केरी आमाहरुसंग शुभकामना सन्देशसहित नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम ल्याएको छ । सुत्केरी आमा तथा शिशुको पोषणसम्बन्धि सचेतना अभिवृद्धि गरी आमा तथा बच्चाको पोषण स्थिति तथा स्वास्थ्यलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले बताइन् ।

कार्यक्रमको लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट छुट्याइएको र कार्यक्रमको लागि लक्षित जनसंख्या १ हजार ६ सय ९१ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

सुत्केरी आमाहरुसंग शुभकामना सन्देशसहित नगर उपप्रमुखको कोशेली भेट कार्यक्रममा सन्देशमुलक शुभकामना कार्ड, घ्यु १ के.जी., च्वनप्राश आधा के.जी., खजुर ३ सय ग्राम, मह आधा के.जी.सहित आइरन चक्की, क्याल्सियम, भिटामिन ए पनि वितरण गरिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमादेवी थापाले बताइन् ।

स्वास्थ्य शाखा प्रमुख थापाका अनुसार कार्यक्रमको छनौटको मापदण्ड समेत तोकिएको छ । ‘यो कार्यक्रममा सहभागि हुन नेपाली नागरिक हुनुपर्ने, शिशुको जन्म दर्ता हुनुपर्ने, ४५ दिनभित्रका सुत्केरी आमा (२०७७ कार्तिक १ देखि सुत्केरी आमाहरुलाई समेटिने), अस्पताल वा प्रसुति केन्द्रमा सुत्केरी भएको प्रमाण हुनुपर्ने, नेपाल सरकारबाट सुत्केरी सुविधा प्राप्त नगरेका सुत्केरी आमाहरु समक्ष मात्र यो कार्यक्रम पु¥याइने र सिद्धार्थनगर नगरपालिकाभित्र स्थायी रुपले बसोबास गर्दै आइरहेको हुनुपर्नेछ, ’थापाले भनिन् ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार