कांग्रेसका नेता आचार्यको निधन

उज्यालो प्रतिनिधि १९ माघ २०७७, सोमबार समाचार

काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ ।

कोभिड–१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार निधन भएको उहाँका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए ।

उहाँको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएको थियो । यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो । आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार