सडक जोगाउन तौलपुल : मन्त्री नेम्वाङ

उज्यालो प्रतिनिधि १८ माघ २०७७, आईतवार समाचार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताएका छन । सडक विभागले भरतपुरको आँपटारीमा स्थापना गरेको तौलपुलको आज उद्घाटन गर्नुहुँदै उनले यसले सडक जोगाउने र दुर्घटना हुनबाट रोक्ने बताए ।

सडक सुधारका कामहरु भइरहेको भन्दै उनले बढी ढुवानी गर्ने सवारी साधनले सडक नबिगारोस् भन्नका लागि तौलपुल राखिएको जानकारी दिए । उनले भने, “बाटोको क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले सडक बिगार्ने र दुर्घटना निम्त्याउने हुँदा रोक्न तौलपुल राखिएको हो ।”

नारायणगढ–मुग्लिन सडकखण्डको आँपटारीमा नेपाल सरकारका तर्फबाट पहिलो तौलपुल राखिएको जनाउँदै उनले यातायात क्षेत्र र ढुवानी क्षेत्रलाई यसले व्यवस्थित गर्ने बताए । ठूलाठूला राजमार्गमा पनि तौलपुल राखिने उनको भनाइ थियो । उनले थपे, “नेपालमा पहिलो इलेक्ट्रिक टोलको ठेक्का व्यवस्थापन गर्न गइरहेका छौँ ।”

नयाँ बन्न लागेका सडक अहिलेको युगसँगै प्रविधि मैत्री बन्दै जाने मन्त्री नेम्वाङले जानकारी दिए । उनले भने, “नयाँ सडक प्रविधि मैत्री वनाउँछौँ ।” देशभरमा १० सिक्नेचर पुल बनाउन लागिएको भन्दै उनले यस क्षेत्रमा नारायणी नदीमा आकर्षक सिक्नेचर पुल बन्ने जानकारी दिए ।

कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि आफू सकारात्मक रहेको बताए । उनले आवश्यक प्रक्रिया पूरा गर्नका लागि मन्त्रालय तयार रहेको जनाउनुभयो । सो सडक हुँदै आवतजावत गर्ने मालवाहक सवारी साधनलाई तौलपुलमा तौल लिइनेछ ।

सडकको क्षमताभन्दा बढी सामान बोकेका सवारीबाट सामग्री झारेर कारबाही गरेर पठाइने बताइएको छ । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले पुलले सडक दुर्घटना घटाउने र सडकको आयु बढाउने बताए ।

विभागका निर्देशक इ.रामचन्द्र पौडेलले मालवाहक ठूला ट्रकले क्षमताभन्दा बढी सामान बोकेका कारण समस्या हुँदै आएको जानकारी दिए । सो तौलपुल रु एक करोड २१ लाख ७३ हजारमा जडान गरिएको हो । तौलपुलको क्षमता ८० टन रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार