अभिलेखालयका ग्रन्थ अनलाइनबाटै पढ्न सकिने प्रविधि विकास गरिँदै

उज्यालो प्रतिनिधि १८ माघ २०७७, आईतवार समाचार

काठमाडौँ । राष्ट्रिय अभिलेखालयमा सङ्ग्रह गरिएका ग्रन्थ घरमै बसेर अनलाइनबाट हेर्न सकिने गरी प्रविधि विकास भइरहेको छ । अभिलेखालयले अनलाइन सेवा दिन डिजिटल कपि बनाइरहेको निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले आज आयोजित पाण्डुलिपि सम्पादन प्रक्रिया विषयक अन्तरक्रियामा जानकारी दिए । यो सेवा शुरु भएपछि अध्ययन अनुसन्धान गर्न चाहनेले प्राचीन ग्रन्थ घरमै बसेर अनलाइनबाट खरीद गरी पढ्न सक्नेछन् ।

अनलाइनबाट शुल्क तिर्ने प्रक्रिया निश्चित नभएकाले अनलाइन सेवा शुरु गर्न ढिलाइ भएको उनले बताए+ । अभिलेखालयमा जनशक्तिको समेत कमी रहेकाले पनि काममा केही ढिलाइ भएको छ । सरकारी कार्यालयले अनलाइनबाट शुल्क लिने विधि निश्चित भएपछि अनलाइन सेवा शुरु भइहाल्ने जनाइएको छ ।

अभिलेखालयमा रहेका करीब ३५ हजार हस्तलिखित ग्रन्थमध्ये ४२ वटाको सम्पादन गरेर प्रकाशन गरिएको छ । ३० हजार ग्रन्थ माइक्रोफिल्म प्रविधिमार्फत् सुरक्षित गरिएको छ । पाण्डुलिपि सम्पादन प्रक्रियाका विषयमा आज भएको अन्तरक्रियामा वाल्मीकि विद्यापीठका उपप्राध्यापक डा माधवप्रसाद लामिछानेले प्रस्तुतीकरण गरेको थियो । त्यसमाथि विद्यापीठकै उपप्राध्यापक उपेन्द्र भट्टराईले टिप्पणी गरे । पाण्डुलिपि सम्पादन प्रक्रियालाई आधुनिकीकरण गरिनुपर्नेमा उनीहरुको जोड थियो ।

अभिलेखालयकी अनुसन्धान अधिकृत मनिता न्यौपानेले हाल भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । अभिलेखालयले गत महिनादेखि शुरु गरेको विषय केन्द्रित अन्तरक्रिया जारी रहने जनाइएको छ । गत महिना भोट भाषाका विषयमा कार्यक्रम गरिएको थियो । फागुन १७ गते शिलालेखका बारेमा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको प्रस्तुतीकरणको कार्यक्रम रहेको अभिलेखालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार