फिजीमा समुद्री आँधी, एकको मृत्‍यु, पाँच बेपत्ता

उज्यालो प्रतिनिधि १८ माघ २०७७, आईतवार विश्व

सुभा । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँच जना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ । आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एक जना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँच जना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ ।

आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्यक्तिलाई बाढी प्रभावित इलाकाबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ । स्थानीय संचार माध्यमहरुले प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोको भनाई उद्धृत गर्दै स्थानीय मानिसले पूर्व चेतावनीलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको जनाएका छन् ।

गत डिसेम्बरमा आएको यासा नामको यस्तै शक्तिशाली आँधीमा परेर चार जनाको मृत्यु हुनुका साथै २३ हजार भन्दा बढी मानिस सुरक्षित स्थलमा शरण लिन आइपुगेको थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार