टोखामा विद्यार्थीबाट रक्तदान

उज्यालो प्रतिनिधि १७ माघ २०७७, शनिबार समाचार

कोभिड–१९ को महामारीमा रगतको अभाव भइरहेका बेला टोखा नगरपालिका स्वास्थ्य शाखा, बसुन्धरास्थित साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा आज स्वास्थ्य परीक्षणका साथै रक्तदान आयोजना गरिएको छ ।

रगतको अभाव कम गर्न र रचनात्मक सामाजिक सेवामा विद्यार्थीलाई प्रेरित गर्न कार्यक्रम गरिएको रिसर्च सेन्टरका अध्यक्ष एवं साउथवेस्टन स्टेट कजेलका सहायक प्रिन्सिपल हरिसिंह केसीले बताउनुभयो । सो कलेजमा अध्ययनरत बिएसडब्लु (स्नातक तह, सोसल वर्क) का विद्यार्थीको संयोजनमा गरिएको कार्यक्रममा करिब १०० जनाले रक्तदान गरेको जनाइएको छ । विद्यार्थी समूहका संयोजक विद्यार्थी अभिशेक शर्माले विद्यार्थीले वृद्धाश्रममा खाना खुवाउने, लत्ता कपडा तथा औषधि वितरणलगायतका सेवामूलक कार्यक्रम गर्दै आएको जनाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार