काठमाडौँ । नेकपा ओली पक्षका नेता एवं वनमन्त्री प्रेम आलेले सुदुरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चूनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन ।
शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरिय भेलालाई सम्बोधन गर्दै उहाले रावलसंग चूनाव लड्ने हिम्मत नभएको भन्दैै प्रत्यक्ष चूनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेको हो । उहाले रावलसंग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको बताए ।
सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातीकमा उठ्ने तर्क उनको छ । मन्त्री आलले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण संसद बिघटन गरेर नया निर्वाचनमा जाने निर्णय गरिएको बताए ।
उहाले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाव मागिने धारणा राखे ।
मन्त्री ओलेले तोकिएको समयमा नै निर्वाचन हुने र अव आफुहरुको प्रतिष्पधी कांग्रेस मात्र हुने तर्क गरे ।