सुदूरपश्चिम प्रदेशको नाका नियमित खुल्ने

दार्चुला । नेपाल सरकारले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट नाकासहित कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको खलङ्गा गरी चार नाका खोल्ने निर्णय गरिसकेको छ । यसअघि झुलाघाट नाकामा अत्यावश्यक काम परेकाका लागि सोमबार र शुक्रबार हप्ताको दुई दिन आवतजावत गर्न दिइएको थियो । अब भने नियमितरुपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आवतजावत गर्न दिइने भएको हो । तर भारत सरकारले भने यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले अझै पनि कहिले सहमत हुने भन्ने टुङ्गो नलागेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

उनले भने, “नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं, भारतले सहमति जनाएको दिनदेखि नै नाका नियमित सञ्चालनमा आउँछ ।” नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउछन । उनले भने, “नाका बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका नियमितरुपमा सञ्चालनमा आएपछि सहज हुने विश्वासमा छौँ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार