प्रचण्ड–माधव पक्षले बिहीबार पनि काठमाडौंको माइतिघरमा दियो धर्ना

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ माघ २०७७, बिहीबार लुम्बिनी

काठमाडौं । प्रतिनिधिसभा बिघटनबिरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बिहीबार पनि काठमाडौंको माइतिघरमा धर्ना दिएको छ ।

असंवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै त्यसको विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेकपाले जनाएको छ । धर्ना कार्यक्रममा सो समूहका पूर्वमन्त्री, संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी छन् । संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको नेकपाले जनाएको छ । धर्ना बुधबारदेखि सुरु गरिएको हो ।

प्रधानमन्त्रीको कदमबिरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार