भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ

उज्यालो प्रतिनिधि १४ माघ २०७७, बुधबार विश्व

काठमाडौँ । किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

उनले भ्रष्टाचार गरेका केही प्रमाणहरु भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानूनको उलङ्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेकोलगायतका आरोपहरु उनलाई लगाइएको छ ।

खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उहाँले अनियमितता गरेको भन्दै उहाँसहित सरोकारवालाहरुलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शङ्का गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

देशभरी नै उहाँको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासीलो नभएको पाइएको छ ।

उनी किर्गिजस्तानको प्रधानमन्त्रीको रुपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त भएको थियो । उहाँले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार