काठमाडौं । नेपालमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो ।
खोप सुरुवात गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।
राष्ट्रपतिको सन्देश स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पढेर सुनाएका थिए । सुरुमा यो खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरूलाई दिने योजना सरकारले बनाएको छ ।
देशभरी यो खोप पुगिसकेको छ।