निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

उज्यालो प्रतिनिधि १० माघ २०७७, शनिबार समाचार

दाने बोहरा,हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ ।

आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय हुम्लाले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ । आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणाअनुसार जिल्ला निर्वाचन कार्यालय हुम्ला पनि आवश्यक तयारीमा जुटेको छ ।

मतदाता दाबी विरोधका लागि माघ १५ देखि फागुन २१ गतेसम्मका लागि समय अवधि तोकिएको छ । सहायक नाम तर्दा अधिकारीको कार्यालय शुक्रबार तथा सार्वजनिक विदाका दिनमा समेत विहान दश बजे देखि बेलुकी पाँच बजे सम्मका लागी खुला रहने भएको छ ।

निर्वाचन कार्यालय हुम्लाले ७ वटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिए।

हुम्लामा ५२ वटा मतदान केन्द्र
जिल्लाका सात गाउँपालिकाका ४४ वटा वडामा रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र रहेका छन् । यो पटक एक वटा मदातन केन्द्र थप गर्न माग गरीएकोले स्वीकृत हुने वा नहुनेमा केही जानका्री नभएको बताइएको छ ।

प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम हुन्छ, फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका ११ वटा मतदान केन्द्र सिमकोटमा आठवटा, खार्पुनाथमा पाँचवटा सर्केगार्डमा ११ वटा, चङ्खेली गाउँपालिका सातवटा अदानचुलीमा छ वटा र ताजाँकोट गाउँपालिकामा छ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । हुम्ला जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ वटा पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।

शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यबाह अध्यक्ष कमल बोहरा, नेपाली कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारी, जनता समाज पार्टी नेपालका केन्द्रिय सदस्य विरजन शाही, राप्रपाका निर्वाचन ख का अध्यक्ष नैनासिंह रावत, प्रमुख जिल्ला अधिकारी चिन्जीवि गिरी, नयाँ भैरवी दल गुल्मका सेनानी प्रजाजु बस्नेत लगायतको उपस्थित रहेको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार