पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको लगातार तेस्रो जित

उज्यालो प्रतिनिधि ९ माघ २०७७, शुक्रबार खेल

बागमती । बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा शुक्रबार प्रदेश–२ लाई ६ विकेटले पराजित गर्दै बागमतीले लगातार तेस्रो जित निकालेको हो । प्रदेश–२ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो । जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । समूह ’बी’ को बागमती सेमिफाइनल नजिक समेत पुगेको छ । प्रदेश–२ को यो लगातार दोस्रो हार हो ।

त्यस्तै प्रदेश–१ ले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश–१ ले पहिलो जित निकालेको हो । प्रदेश–१ ले दिएको २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ३५ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमा समेटियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । जितसंगै समूह ’ए’ को प्रदेश–१ ले ४ खेलमा २ अंक जोड्यो । प्रदेश–१ प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार